अधेरी रात अनि डुब्न लागेको जुन झै भएको छु
सारा रात मेरा निदरीमा तिमीलाई नै पाएको छु
भोलीको किरण देखिन्छ देखिन्न छटपटाई रहेछु
तिम्रो सपनीमा स्वच्छ हावाझै उडन मन लागेको छ
तिम्रा केसका लहरहरु छुन मन लागेको छ
तिम्रा पाउको झन्कार सुन्न मन लागेको छ
जब बिहानी संगै बिउझी हिड्न खोज्छु
लर्खरीएका पाउहरु काडै कडाले चिलिएझै लाग्छ
गगंनचुम्बी छुने मेरा रहरका बिरुवाहरु
लहरिन्दै छितीज पो छुने हो की?
पारी क्षितिजको डुब्न लागेको घामझै पो हुने हो की
यी मैले रोजेका गोरेटोहरु मात्र हुन
मेरा एक तर्फी मनका कल्पनाहरु मात्र हुन
बालुवामा कोरेका रेखाहरु मात्र हुन
हुरी आई मेटाई पो दिने हुन
मेरो गाउँ देखि टाढा बस्दा,
मेरो गाउँको त्यो मीठो हावा,
याद आउछ मलाई अहिले सम्म यहाँ,
त्यहाँको बनजंगलले छाएकोछ हरियाली,
कहिले जानु पाउ फेरि अर्को पालि!
गाउँमा ती दशैंका रोटे अनि लिंगे पिङ्हरु,
रमाइलो हुन्थ्यो सधैनै ती दिनहरु,
तिहारमा फूलेका ती ढकमक सयपत्री फूलहरु,
सबैलाई सोध्छु कहाँ गए ती दिनहरु!
बिदेशमा बसेर सधै याद गर्छु मेरो गाउँ,
मेरो गाउँको छ अति राम्रो नाउँ,
बिर्सेको छुइन अहिले सम्म त्यो ठाउँ,
म सबैलाई भन्छु लिङ्देन हो मेरो गाउँ!!